भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- गाउँ सहर संवाददाता
- १ भदौ सोमबार, २०८३ | ०९:४९:०० मा प्रकाशित
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरको विवरणले यस्तो देखाएको हो।
साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटाले अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै दरलाई निरन्तरता दिएका छन्।
सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ।
यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१ प्रतिशतले ब्याजदर घटाउँदा कुमारी बैंकले ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले कम गरेका छन्। यी तीनवटै बैंकले संस्थागततर्फको ब्याजदर भने साउन महिनाकै दरमा स्थिर राखेका छन्।
यद्यपि, अधिकांश वाणिज्य बैंकहरूले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
ब्याजदर घट्दो प्रवृत्तिका बीच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य बैंकले आफ्नो ब्याजदर बढाएका छैनन्।
नयाँ प्रकाशित दरअनुसार भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिनेछन्। यी दुई बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।
अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ३.७६ प्रतिशत मात्र ब्याज पाउनेछन्।
संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा धेरै ३.५ प्रतिशत ब्याज दिने गरी तोकेका छन्। प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस