आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- गाउँ सहर संवाददाता
- १ भदौ सोमबार, २०८३ | ०७:२४:०० मा प्रकाशित
काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व नाग पञ्चमी आज देशभरका नाग दह, कुण्ड र घरघरमा नागको तस्बिर टाँसी श्रद्धा र भक्तिका साथ मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभरि विषालु जीव, अग्नि र चट्याङको भय नहुने धार्मिक विश्वास रहेको छ ।
आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ । साथै, यसरी नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ ।
शास्त्र अनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने विधान छ । नाग पञ्चमीका दिन ‘नाग स्तोत्र’ पाठ गर्दै नागको तस्बिर टाँस्ने गरिन्छ ।
कुलीरः कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिताः नागहरू जस्तै: अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेष नाग आदिको पूजा गरी तलको नाग स्तोत्र पाठ गर्दै घरको ढोकामा नाग टाँस्नुपर्दछ ।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।१।।
मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ।।२।।
अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिताः ।।३।।
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।।
अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।
एह्येहि मनसा देवि १ नागमातर्नमोक्स्तुते ।।५।।
ज्योतिष शास्त्रीय मान्यता अनुसार नागको शिर महिना अनुसार फरक दिशामा हुने गर्दछ । यस वर्ष नाग पञ्चमी भदौ महिनामा परेकाले नागको शिर पूर्व दिशामा रहेको सम्झी पूजा गर्नुपर्ने उल्लेख छ । आज नाग टाँस्नका लागि बिहान ५ बजेर ३५ मिनेटसम्म ‘अमृत बेला’ र बिहान ७ बजेर १४ मिनेटदेखि ८ बजेर ५० मिनेटसम्म ‘शुभ बेला’ रहेकाले सो समयलाई उत्तम मानिएको छ ।
आजको दिनलाई ज्योतिष शास्त्रमा विशेष मानिन्छ । कुण्डलीमा राहु र केतुका कारण हुने ‘कालसर्प योग’ बाट मुक्ति पाउन आजको दिन नागको विशेष पूजा गर्ने गरिन्छ । साथै, नयाँ घर निर्माण गर्दा हुने नाग दोषबाट मुक्त हुन पनि आजैको दिन भूमिमा नाग देवताको विधिपूर्वक पूजा गर्ने गरिन्छ ।
नाग पञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छ:
ब्रह्मलोकेषु ये सर्पा शेष नाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।
सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।
मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।
प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।
रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।
धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रूपमा पनि नागको महत्त्व रहेको छ । प्रकृतिमा रहेका विषालु पदार्थहरूलाई नाग वा सर्पले शोषण गरी मानिस तथा पशुपक्षीलाई त्यसको प्रभावबाट जोगाउने हुनाले ऋषि मुनिहरूले नाग पूजाको परम्परा चलाएको मानिन्छ ।
नाग पञ्चमीको अवसरमा काठमाडौँको नाग पोखरी, टौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका विभिन्न नाग दह, कुण्ड र नाग स्थानहरूमा भक्तजनको ठुलो घुइँचो लाग्ने गर्दछ । आजको दिन भक्तजनहरूले दिनभर व्रत बसी सूर्यास्तपछि नाग देवताको मूर्तिमा फूल, प्रसाद, फलफूल र दूध चढाएर पूजा गरी प्रसाद ग्रहण गर्ने गर्दछन् । आजकै दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको समेत मानिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
प्रतिकृया दिनुहोस