गाउँ सहर

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।

मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले साेमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिन आयोगले अनुरोध गरेको हो।

विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रुपमा सम्बन्धित विषय भएकाले यस कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत