अहिलेसम्म कोभिड १९ विरुद्धको १ करोड ७८ लाख ५८ हजार ७१० खोप
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | १२:३९:०० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्राप्त गरेको कोभिड १९ विरुद्धको खोपको विवरण १ करोड ७८ लाख ५८ हजार ७१० पुगेको छ ।
उसका अनुसार जसमा कोभिशिल्ड २४ लाख ४८ हजार, अस्ट्राजेनेका १९ लाख ७५ हजार ८६०, जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख रहेका छन् ।
पछिल्लो समय कोरोना खोपको मात्रा बढेकोले कोरोना संक्रमणको स्तरपनि घटेको विज्ञहरुले बताउँदै आएका छन् ।
देशमा सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ६२ लाख ५ हजार ७७० छ । उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७४.६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
अहिले अवस्था एकदमै सुध्रिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस