अहिलेसम्म कोभिड १९ विरुद्धको १ करोड ७८ लाख ५८ हजार ७१० खोप
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | १२:३९:०० मा प्रकाशित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्राप्त गरेको कोभिड १९ विरुद्धको खोपको विवरण १ करोड ७८ लाख ५८ हजार ७१० पुगेको छ ।
उसका अनुसार जसमा कोभिशिल्ड २४ लाख ४८ हजार, अस्ट्राजेनेका १९ लाख ७५ हजार ८६०, जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख रहेका छन् ।
पछिल्लो समय कोरोना खोपको मात्रा बढेकोले कोरोना संक्रमणको स्तरपनि घटेको विज्ञहरुले बताउँदै आएका छन् ।

देशमा सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ६२ लाख ५ हजार ७७० छ । उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७४.६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
अहिले अवस्था एकदमै सुध्रिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस