कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- गाउँ सहर संवाददाता
- २ भदौ मंगलबार, २०८३ | १८:५०:०० मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।
सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनकाअनुसार कुनै जानकारी नदिएर देउवा सभामा उपस्थिति नभएका कारण सभामुखले उनलाई संविधानको धारा १८० को(घ) अनुसार पदमुक्त गरेका हुन् ।
देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।
पूर्वमन्त्रीसमेत रहेका देउवाको खातामा विगत ११ महिनादेखि तलब पनि गइरहेको थियो।
उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा पनि हुन्।
उनी गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै अमेरिका गएका थिए। उनले यसको जानकारी आफ्नो पार्टी, प्रदेशसभा र प्रदेश सरकार कसैलाई दिएका थिएनन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस