उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- गाउँ सहर संवाददाता
- ४ भदौ बिहीबार, २०८३ | ०७:२८:०० मा प्रकाशित
रामेछाप । उमाकुण्ड गाउँपालिका–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।
वडा अध्यक्ष मानबहादुर सुनुवारको संयोजकत्वमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुनुवारले भौतिक पूर्वाधार विकासमा उमाकुण्ड गाउँपालिका अगाडि बढिरहेको बताए। उनले गाउँपालिकामाथि सामाजिक सञ्जालमार्फत लगाइने आरोपको तथ्यका आधारमा पुष्टि गर्न आग्रह गर्दै सम्बन्धित फाइल तथा कागजात अध्ययन गरेर वास्तविकता सार्वजनिक गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा उपाध्यक्ष सावित्री सुनुवारले भौगोलिक रूपमा विकट भए पनि विभिन्न चुनौतीका बीच गाउँपालिकाले जनताको हितमा उल्लेखनीय काम गर्दै आएको बताइन्। उनले बाँकी कार्यकालमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नयाँ भवनबाट वडाका सेवा थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।
वडा अध्यक्ष मानबहादुर सुनुवारले लगातार तीन आर्थिक वर्षको बजेट विनियोजन र निरन्तरको प्रयासबाट भवन निर्माण सम्पन्न भएको जानकारी दिए। भवन निर्माणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरूप्रति उनले आभार व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकराज कुलुङ, विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति थियो।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा स्थानीयवासीका लागि थप सहज, छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको छ। नयाँ भवनले वडा कार्यालयको सेवा प्रवाहसँगै स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस