बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको
- गाउँ सहर संवाददाता
- २१ माघ शुक्रबार, २०७८ | १०:१८:०० मा प्रकाशित
काठमाडाैँ । "बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको" नाराका साथ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रमहरू गरी मनाउँदै छ ।
उसका अनुसार शरीरकाे काेष वा काेषिकाहरूकाे समूहकाे अस्वाभाविक वृद्धि नै क्यान्सर राेग हाे, जसलाई एक किसिमकाे गिर्खा वा ट्यूमर पनि भनिन्छ । ट्यूमर घातक र नम्र किसिमका हुने गर्दछन् ।
क्यान्सरकाे कारक तत्वहरूकाे रूपमा धूमपान, सुर्तीजन्य पदार्थ, अस्वस्थकर खाना, वंशाणुगत कारण, विकिरणकाे प्रभाव, जीवाणु तथा विशाणुका कारण, वातावरणीय प्रदूषणका कारण हुने गर्दछ ।
यस राेग नियन्त्रणका लागि धूमपान तथा सुर्तीजन्य पदार्थकाे प्रयाेग नगर्ने, मद्यपान नगर्ने, सन्तुलित खाना खाने र शारीरिक कसरत तथा व्यायाम गर्नुपर्ने मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस