वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १६:२३:०० मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो ।
मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।
डा. गौतमविरुद्ध उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका आरोपमा वीरका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस