दाेहाेराे अंकले नेप्से घट्याे, लगानीकर्ताले नाफा बुक गर्दै क्षेत्र परिवर्तन गर्न थाले
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १५:४८:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सूचक माप नेप्से दाेहाेराे अंकले गिरावट आएकाे छ ।
यसदिन नेप्से सूचक १८.१७ अंकले घटेर ३१८०.८६ विन्दुमा झरेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम २० अर्ब रुपैयाँ बराबरको भएको छ ।
यसदिन लगानीकर्ताको सेक्टर परिवर्तन गरेकाे देखिन्छ । बिहीबार लगानीकर्ताहरुको प्रवेश बीमा क्षेत्रमा भएको छ । विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरुमा अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेपछि बिहीबार हाइड्रोपावर कम्पनीहरुकाे शेयरमूल्यमा गिरावट देखिएकाे छ ।
२२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
बिहीबार जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, साना किसान लघुवित्त, सिइडिबी हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स कम्पनीलगायकतकाे शेयरमूल्य बढेकाे छ ।
एचआइडिसिएल, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप अफ पावरलगायतका शेयरमूल्य घटेकाे छ ।
यसदिन अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर, रिडी, एचआईडिसीएल, कामना सेवा, लुम्बिनीविकास बैंक, ङादी ग्रुप पावर, ज्योति विकास बैंक र अपि पावरको उच्च कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस