दाेहाेराे अंकले नेप्से घट्याे, लगानीकर्ताले नाफा बुक गर्दै क्षेत्र परिवर्तन गर्न थाले
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १५:४८:०० मा प्रकाशित
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सूचक माप नेप्से दाेहाेराे अंकले गिरावट आएकाे छ ।
यसदिन नेप्से सूचक १८.१७ अंकले घटेर ३१८०.८६ विन्दुमा झरेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम २० अर्ब रुपैयाँ बराबरको भएको छ ।
यसदिन लगानीकर्ताको सेक्टर परिवर्तन गरेकाे देखिन्छ । बिहीबार लगानीकर्ताहरुको प्रवेश बीमा क्षेत्रमा भएको छ । विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरुमा अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेपछि बिहीबार हाइड्रोपावर कम्पनीहरुकाे शेयरमूल्यमा गिरावट देखिएकाे छ ।
२२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
बिहीबार जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, साना किसान लघुवित्त, सिइडिबी हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स कम्पनीलगायकतकाे शेयरमूल्य बढेकाे छ ।
एचआइडिसिएल, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप अफ पावरलगायतका शेयरमूल्य घटेकाे छ ।
यसदिन अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर, रिडी, एचआईडिसीएल, कामना सेवा, लुम्बिनीविकास बैंक, ङादी ग्रुप पावर, ज्योति विकास बैंक र अपि पावरको उच्च कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस