स्वास्थ्य

काठमाडौं उपत्यकामा २४ घन्टामा १०८९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घन्टामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ। देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

बिहीबार २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घन्टामा ११ हजार ७०८ पीसीआर तथा ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता