कोरोनाको नयाँ भेरिएन्ट, ४ को मृत्यु, कति खतरनाक ?
- गाउँ सहर संवाददाता
- २ पौष सोमबार, २०८० | १७:११:०० मा प्रकाशित

काठमाडाैँ। भारतको केरला राज्यमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ। राज्यमा कोभिड-१९ को जेएन.१ भेरिएन्टका केसहरू बढ्दै गएका छन्।
केरला प्रशासनले कोभिडको बढ्दो केसहरूबाट नडराउन अपिल गरेको छ। केरलामा हाल एक हजार तीन सय २४ कोरोनाका सक्रिय केसहरू छन्। शनिबार मात्रै चार कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार परीक्षण दर बढाइएकाले सङ्क्रमणको दर बढेको हो। तर नयाँ भेरिएन्टहरू थाहा पाउने एक मात्र तरिका जिनोम अनुक्रमण गरिएको नमुनाहरू एकदमै थोरै भएकोले जेएन.१ भेरिएन्टका कति केसहरू छन् भन्ने यकिन छैन।
डिसेम्बरको सुरुमा केरलामा हल्का इन्फ्लुएन्जा भएकी ७९ वर्षीया महिलामा जेएन.१ सब-भेरियन्ट सङ्क्रमण देखा परेको थियो।
यस प्रकारको सङ्क्रमण चीन र अमेरिकामा पनि भेटिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस