कोरोनाको नयाँ भेरिएन्ट, ४ को मृत्यु, कति खतरनाक ?
- गाउँ सहर संवाददाता
- २ पौष सोमबार, २०८० | १७:११:०० मा प्रकाशित
काठमाडाैँ। भारतको केरला राज्यमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ। राज्यमा कोभिड-१९ को जेएन.१ भेरिएन्टका केसहरू बढ्दै गएका छन्।
केरला प्रशासनले कोभिडको बढ्दो केसहरूबाट नडराउन अपिल गरेको छ। केरलामा हाल एक हजार तीन सय २४ कोरोनाका सक्रिय केसहरू छन्। शनिबार मात्रै चार कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार परीक्षण दर बढाइएकाले सङ्क्रमणको दर बढेको हो। तर नयाँ भेरिएन्टहरू थाहा पाउने एक मात्र तरिका जिनोम अनुक्रमण गरिएको नमुनाहरू एकदमै थोरै भएकोले जेएन.१ भेरिएन्टका कति केसहरू छन् भन्ने यकिन छैन।
डिसेम्बरको सुरुमा केरलामा हल्का इन्फ्लुएन्जा भएकी ७९ वर्षीया महिलामा जेएन.१ सब-भेरियन्ट सङ्क्रमण देखा परेको थियो।
यस प्रकारको सङ्क्रमण चीन र अमेरिकामा पनि भेटिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस