पूर्वाधार
नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट भेटिएपछि स्वास्थ्य मन्त्रालयद्वारा सचेत रहन आग्रह
- गाउँ सहर संवाददाता
- २३ पौष सोमबार, २०८० | २०:२८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो ।
देशका विभिन्न भागका फरकफरक उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्विन्सिङका क्रममा सात जनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् ।
संक्रमणको फैलावट रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
यसअघि जेएन.१ विश्वका विभिन्न देशमा देखिइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस