स्वास्थ्य
नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२
- गाउँ सहर संवाददाता
- ११ जेठ शुक्रबार, २०८१ | १४:५२:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।
ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो।
यसैगरि एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको छ।
यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन.१ लगायत सबभेरियन्ट पुष्टि भएको थियो।
पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस