नयाँ रेकर्ड कायम गर्दै उकालाे यात्रामा नेप्से
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | १६:५४:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेकाे छ । नेप्सेले लगातार तेस्रो कारोबार दिन नयाँ रकेर्ड कायम गरेको छ । गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्से बिहीबार १६.४१ अंक बढेर हालसम्मकै उच्च ३१७९.०० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको कारोबारमा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो दिन ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिनको कारोबारमा विकास बैंक उपसमूह ६.४० प्रतिशतले बढेकाे छ ।
यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रुरु जलविद्युत, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, साइन रेशुङ्गा डेभलपमेन्ट बैंक र यूनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
बिहीबारको बजारमा ९ कम्पनीका लगानीकर्ताले ३ प्रतिशत धेरैका दरले गुमाएका छन् । पाँचथर पावर कम्पनीको शेयर मूल्यमा सार्वधिक गिरावट आएको छ । यसदिन कम्पनीको शेयर मूल्य ३.९९ प्रतिशतलले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस