नेप्से १८ अंकले बढ्यो, ३ अर्ब ८३ करोडको सेयर किनबेच
- गाउँ सहर संवाददाता
- २२ भदौ सोमबार, २०८३ | १५:३६:०० मा प्रकाशित
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १८.०७ अंकले बढेको छ । अछिल्ला तीन कारोबार दिनदेखि लगातार बढेको नेप्सेले सोमबार पनि बढेकाे हाे ।
अघिल्ला दिनहरुको तुलनामा सोमबार वृद्धिदर र कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.७१ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ६०.८४ अंकमा उक्लेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटाको घटे र ४ वटा समूहको सेयर मूल्य स्थिर छ ।
सोमबार कुल ५० हजार ८ सय ४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार ९४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढेको हो । गत साताको बिहीबार सेयर बजारमा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी र व्यापार बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढ्न सहयोग पुगेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
प्रतिकृया दिनुहोस