नेप्से परिसूचन २६ सय नजिक
- गाउँ सहर संवाददाता
- २७ असोज मंगलबार, २०८३ | १५:४४:०० मा प्रकाशित
काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको थियो।
नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने सोमबार तुलनामा बढेको छ। सोमबार ४ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ७३ करोडको कारोबार भयो।
यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १०४ वटाच स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
नेप्सेमा सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सगरमाथा जलविद्युत कम्पनीको सेयर सर्वाधिक १२.४४ प्रतिशतले बढ्यो। यसदिन स्नो रिभर्सको सेयर १५ प्रतिशतले घट्यो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १२.८७ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फण्ड ३० को सेयर ५.२३ प्रतिशतले घट्यो।
घलेम्यादी हाइड्रो ३६ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकले २५/२५ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ्स मिल्सले १२ करोड र लक्ष्मी सनराइज बैंकले १० करोडको कारोबार गरे।
पाँच समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,डेभलपमेन्ट,इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस