जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | १५:१५:०० मा प्रकाशित
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष यादवलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए ।
जसपा नेता मोहम्मद इस्तियाक राईले सर्वसम्मत रुपमा यादवलाई दलको नेता चयन गरिएको जानकारी दिए ।
निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गरिएको हो ।
जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए । जसपा आधिकारिकता उपेन्द्रले पाएपछि पुनः दलको नेता चयन प्रक्रियामा जाने लागेको हो ।
जसपामा उपेन्द्रपक्षमा २२ सांसद छन् । बाँकी १० सांसद महन्थतिर लागेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस