यस्तो छ जसपाको चुनावी घोषणापत्र (पूर्ण पाठसहित)
- गाउँ सहर संवाददाता
- २ फाल्गुण शनिबार, २०८२ | १६:०३:०० मा प्रकाशित
काठमाडाैं । आगामी फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गरी जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी जसपा नेपालले घोषणापत्र सार्वजनिक गरेको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । जसपा नेपालले संविधान संशोधनका लागि उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्ने मुद्दालाई दोहोर्याएको छ ।
जसपाले सामाजिक क्षेत्रअन्तर्गत शिक्षामा शिक्षाको व्यापारीकरणलाई नियन्त्रण गर्ने उल्लेख गरेको छ । साथै, गाउँ र शहर तथा धनी र गरिबबीच बढेको शैक्षिक विभेद कम गर्न प्रविधिमैत्री शिक्षादेखि सिपमूलक शिक्षामा जोड दिने उल्लेख गरेको छ ।
त्यसैगरी, स्वास्थ्यमा हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र हरेक प्रदेशमा एउटा सुपर स्पेशलिस्ट अस्पताल निर्माण गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।
जसपा नेपालले नगदरहित कारोबारको पक्षमा पनि वकालत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल कारोबारमा जोड दिने तर्क गरेको छ । त्यसैगरी, न्यायोचित भूमिसुधार र भू–व्यवस्थापन नीतिको पक्षमा उभिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस