संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली हो - जसपा नेपाल
- गाउँ सहर संवाददाता
- २० चैत बुधबार, २०८१ | २०:०२:०० मा प्रकाशित
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली भएको बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसमा आ–आफ्नो विचार राख्न, सभा सङ्गठन गर्न, विरोध गर्न पाउने स्वतन्त्रता र अधिकार सबैका लागि समान हुने भन्दै यस प्रणालीमा सबै वादी अट्ने कुरा बताएका हुन् ।
‘विगत तीन दशकदेखिको कांग्रेस र कम्युनिष्टहरुको शासनले जनतालाई प्रत्याभूति हुने गरी सुशासन, विकास, समृद्धिका लागि कार्य गर्न सकेन । जसबाट उत्पन्न भएको नैराश्यता र आक्रोशको अवस्थालाई उपयोग गरी प्रतिक्रान्तिकारी तथा प्रतिगामी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई नै समाप्त पार्ने षड्यन्त्र गर्न लागेको देखियो,’ बस्नेतले भने ।
जनआन्दोलन, जनसङ्घर्ष र जनविद्रोहको माध्यमबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीका लागि सङ्घर्ष गर्नुपर्ने उनको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस