हेर्नुहाेस् खालखालका रंगाेलीहरू (तिहार विशेष)
- गाउँ सहर संवाददाता
- १५ कार्तिक बिहीबार, २०८१ | १७:०१:०० मा प्रकाशित

काठमाडाैँ । आज कुकुर पूजा र लक्ष्मी पूजा एकैदिन परेकाे छ । बिहान कुकुर पूजा सम्पन्न भइसकेकाे छ भने अब साँझ लक्ष्मीकाे पूजा गरिन्छ । बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएकाे छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।
लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
यसै अवसरमा हामीले रंगाेलीका केही प्रकारहरू कैद गरेका छाैँ ।
रंगाेली तस्बिरहरूः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस