गाउँ सहर

आठ लायन्स क्लबद्वारा एक वर्षकाे कार्ययाेजना प्रस्तुत

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका आठ क्लबहरूले 'डिस्ट्रिक गभर्नस फर्स्ट एडभाइजरी कमिटि मिटिङ्ग' सम्पन्न गरेका छन् । जाेन चियरपर्सन तिलककुमार श्रेष्ठकाे अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भेलामा क्लबहरूले आगामी कार्ययाेजना र भरखर सम्पन्न गरेकाे कार्यहरूकाे विवरण प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पूर्व गभर्नर एवम् वर्तमान जीएसटि () मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, बिशेष अतिथि निवर्तमान डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठ, फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, क्याबिनेट काेषाध्यक्ष लायन काेमल शाक्य, जीएसटि डिस्ट्रिक काेअर्डिनेटर लायन रमेश कुमार लामा, इम्प्याक्ट एरिया चिफ भुवन पाेखरेल र रमेश श्रेष्ठ, रिजन चियरपर्सन विष्णुप्रसाद लामिछानेकाे उपस्थिथितमा कार्यक्रम सम्पन्न भएकाे हाे । 

इम्प्याक्ट एरिया IX, रिजन XXIII अन्तर्गतकाे जोन XLVI का लायन्स क्लब अफ काठमाडौं बाैद्ध ,लायन्स क्लब अफ काठमाडौं नाेबेला, लायन्स क्लब अफ काठमाडौं नयाँपाटी फ्रन्ड्स, लायन्स क्लब अफ काठमाडाैं वशिष्ट ग्लाेबल, लायन्स क्लब अफ काठमाडाैं नमाे बुद्ध, लायन्स क्लब अफ काठमाडाैं ललित मण्डला, लायन्स क्लब अफ काठमाडाैं पाटन हेरिटेज र लायन्स क्लब अफ काठमाडौं ब्राइट भिजनसहितका क्लब सम्मिलित पदाधिकारीसहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आठै लायन्स क्लबका प्रेसिडेन्ट तथा सेक्रेटरीहरूले लायन वर्ष २०२१/२२ मा वार्षिक रुपमा गरिने कामकाे याेजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लबले लायन्स वर्ष २०२१ /२२ मा गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरी गर्न सकिन्छ भनेर पनि छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भेटुवालले कोभिडसँग जुध्दै सुरक्षित भएर सामाजिक सेवाका हातहरु अघि बढाउन अनुरोध गरे ।

कार्यक्रममा इम्प्याक्ट एरिया चिफ द्वय भुवन पाेखरेल र रमेश श्रेष्ठले क्लबहरूकाे उत्साहजनक सहभागिता र सामाजिक सेवाप्रति क्लबका सदस्यहरूकाे सक्रियताप्रति खुशी व्य क्त गरे ।

जाेन चियरपर्सन तिलक कुमार श्रेष्ठले याेजनाबद्ध रूपमा गरिने कार्यक्रमले वर्षभरि तालिका अनुसार गर्न सकिने भएकाले सबै क्लबले सहकार्य गरि सामाजिक कार्य गर्न अनुराेध गरे । जाेन चियरपर्सन श्रेष्ठले कार्ययाेजना कागजमा मात्रै सीमित नराखेर व्यवहारमै कार्यान्वयन गर्न जाेड दिँदै समाज सेवामा प्रतिपर्धी नभएर समुदायकाे आवश्यकताकाे पहिचान गरि हृदयदेखिनै सेवा गर्न विशेष आग्रह गरे । 

सहभागी सम्पूर्ण लायन्स क्लबका सदस्यहरूले क्लबका कार्ययाेजना तथा गभर्नरकाे नारा अनुसार सामुहिक रूपमा मिलेर समाजिक सेवा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत