रिलायन्स इन्टरनेशनल एकेडेमी सम्मानित
- गाउँ सहर संवाददाता
- २१ असार आइतबार, २०८३ | १८:११:०० मा प्रकाशित
काठमाडौं । एसईई–२०८२ को नतिजामा उत्कृष्ट शैक्षिक नतिजा ल्याएकाे रिलायन्स इन्टरनेशनल एकेडेमीका शिक्षक र विद्यार्थी सम्मानित भएका छन् ।
प्याब्सन काठमाडौंले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा विद्यालयलाई "Academic Excellence Award–2082" तथा "SEE 2082 Distinguished Result Award" द्वारा सम्मानित गरिएको हाे ।
.jpg)
कार्यक्रममा प्याब्सन काठमाडौंले एसईई–२०८२ मा पूर्ण ४.०० जीपीए ल्याउने १६ जना विद्यार्थीहरूका साथै विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गराउन भूमिका खेल्ने शिक्षकहरूलाई सम्मान गरेको हाे ।
सोही अवसरमा रिलायन्स इन्टरनेशनल स्कुलले १०० भन्दा बढी विद्यार्थी सहभागी विद्यालयहरूको प्रतिस्पर्धामा औसत ३.८३ जीपीए प्राप्त गर्दै काठमाडौं जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
.png)
गौरवपूर्ण उपलब्धिका लागि विद्यालय प्रशासनले सम्पूर्ण प्रतिभाशाली विद्यार्थी, समर्पित शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । "विद्यार्थीहरूको मिहिनेत र शिक्षकहरूको निरन्तर मार्गदर्शनले आज विद्यालयले यो उचाइ प्राप्त गरेको छ," विद्यालयले जनाएको छ ।
उत्कृष्ट शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय रिलायन्स इन्टरनेशनल स्कुलले आगामी दिनमा पनि शिक्षाको गुणस्तरलाई थप उचाइमा पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस