विद्यार्थीको भविष्य निर्माणमा रिलायन्सको पहल, ‘करिअर टक–२०८३’ सम्पन्न
- गाउँ सहर संवाददाता
- २९ असार सोमबार, २०८३ | ०९:०३:०० मा प्रकाशित
काठमाडौं। चाबहिलस्थित रिलायन्स कलेजले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सही विषय र करिअर छनोटमा मार्गदर्शन गर्ने उद्देश्यले आयोजना गरेको ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न गरेको छ। कार्यक्रममा करिब एक हजार पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कलेजले जनाएको छ।
उच्च शिक्षाको चरणमा प्रवेश गर्न लागेका विद्यार्थीलाई विषय छनोट, करिअर योजना, रोजगारीका अवसर, नेतृत्व विकास तथा प्रतिस्पर्धी बजारमा आवश्यक सीपबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यक्तित्वले आफ्ना अनुभव र सिकाइ बताएका थिए।
प्यानल छलफलमा सिएनएन हिरो तथा सामाजिक अभियन्ता पुष्पा बस्नेत, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा रिगो नेपालका प्रमुख कार्यकारी अधिकृत मुकुन्द पोखरेल वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण पूर्व मिस नेपाल सुगरिका केसीले गरेकी थिइन्।
वक्ताहरूले आफ्नो जीवन यात्रा, संघर्ष र सफलताका अनुभव सुनाउँदै विद्यार्थीलाई रुचि, क्षमता र लक्ष्यअनुसार विषय छनोट गर्न, निरन्तर सिकाइ र मेहनतलाई प्राथमिकता दिन तथा बदलिँदो समयसँग आफूलाई अद्यावधिक राख्न सुझाव दिएका थिए।
कार्यक्रममा रिलायन्स कलेजले सञ्चालन गर्दै आएका बीबीएस, बिबिए, बीए, बीएसडब्लुए, बीसीए, बीएससी सीएसआईटी, एमबीएस, एमबिए तथा सीए लगायतका शैक्षिक कार्यक्रमबारे जानकारी गराउनुका साथै करिअर परामर्श, शैक्षिक परामर्श, भर्ना सेवा, खाद्य परिकार र मनोरञ्जनसहित १३ वटा स्टल सञ्चालन गरिएको थियो।
रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाले विद्यार्थीलाई कक्षाकोठाको सिकाइसँगै वास्तविक व्यावसायिक संसारका अनुभवसँग जोड्ने उद्देश्यले ‘रिलायन्स करिअर टक’लाई वार्षिक कार्यक्रमका रूपमा निरन्तर सञ्चालन गर्दै आएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन र आत्मविश्वासका साथ करिअर तय गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
वि.सं. २०६२ मा स्थापना भएको रिलायन्स कलेजले गुणस्तरीय उच्च शिक्षासँगै व्यावहारिक सिकाइ, उद्योग–शिक्षा सहकार्य र करिअर अभिमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण गर्दै आएको जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस