२४औँ ओरियन्टेसनमार्फत नवप्रवेशी विद्यार्थीलाई रिलायन्सको भव्य स्वागत
- गाउँ सहर संवाददाता
- ३० जेठ शनिबार, २०८३ | २२:०२:०० मा प्रकाशित
काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमी, सरस्वतीनगर–चाबहिलले शैक्षिक सत्र २०८३ का कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूका लागि २४औँ ओरियन्टेसन (अभिमुखीकरण) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
शनिबार चाबहिलस्थित स्मार्ट प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापनको उत्साहजनक सहभागिता रहेको थियो। नयाँ विद्यार्थीलाई रिलायन्स परिवारमा औपचारिक स्वागत गर्दै आयोजना गरिएको कार्यक्रमले संस्थाको शैक्षिक संस्कार, सिकाइ वातावरण र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणलाई उजागर गरेको थियो।
रिलायन्स इन्टरनेशनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाको सभापतित्व तथा अंग्रेजी विभाग प्रमुख एवं ईसीए संयोजक गोविन्द ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रमको सुरुवात बटुकद्वारा गरिएको स्वस्तिवाचन, दीप प्रज्वलन तथा ध्यान अभ्यासबाट गरिएको थियो। कार्यक्रममा राष्ट्रिय गानसहित विद्यालयको मासिक विषयवस्तुबारे समेत जानकारी गराइएको थियो।
स्वागत मन्तव्य राख्दै सहायक प्रधानाध्यापक नन्दु कुशवाहले रिलायन्स केवल परीक्षा उत्तीर्ण गराउने संस्था नभई विद्यार्थीको प्राज्ञिक, सामाजिक र संवेगात्मक विकासमा केन्द्रित शिक्षालय भएको बताए। उनले रिलायन्सका पाँच मूल मान्यता, शैक्षिक योजना, परीक्षा प्रणाली तथा सुरक्षित र प्रेरणादायी सिकाइ वातावरणबारे जानकारी गराउँदै प्रत्येक विद्यार्थीलाई आफ्ना सपना साकार पार्ने अवसर यहाँ उपलब्ध हुने विश्वास व्यक्त गरे।
वरिष्ठ विद्यार्थीको तर्फबाट बोल्दै कक्षा १२ की सृष्टि कटवालले नयाँ विद्यार्थीलाई आत्मविश्वासका साथ नयाँ शैक्षिक यात्राको सुरुवात गर्न आग्रह गरिन्। उनले रिलायन्समा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइ, ध्यान अभ्यास, व्यक्तित्व विकास र जीवनोपयोगी शिक्षालाई विशेष प्राथमिकता दिइने भएकाले यो संस्था विद्यार्थीका लागि “अर्को घर” जस्तै अनुभूति हुने बताइन्।
कार्यक्रममा विद्यालयमा सक्रिय आठवटै विद्यार्थी क्लबका तर्फबाट क्लब अध्यक्ष अंशु गुरुङले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व निर्माणका अवसरबारे जानकारी गराएका थिए। त्यस्तै विद्यालयका गजेन्द्र पौडेलले वर्षभर सञ्चालन हुने विभिन्न ईसीए तथा सीसीए गतिविधिबारे जानकारी गराउँदै विद्यार्थीलाई पढाइसँगै बहुआयामिक क्षमता विकासमा सक्रिय हुन आग्रह गरे। एसएसआरओमार्फत ‘रिलायन्स कल्चर’ सम्बन्धी प्रस्तुति तथा शपथ ग्रहण कार्यक्रमले नयाँ विद्यार्थीलाई संस्थाको मूल्य र संस्कृतिसँग परिचित गराएको थियो।
कार्यक्रममा सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटी, शिक्षक प्रतिनिधि बीबी क्षेत्री तथा विज्ञान संकायका विजय उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्दै सफलता प्राप्तिका लागि अनुशासन, निरन्तरता, मेहनत र समर्पण अपरिहार्य रहेको धारणा राखे। कर्णसिंह खड्काद्वारा प्रस्तुत प्रेरणादायी कविताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो भने व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले सहभागीहरूको मन जितेको थियो।
‘ह्वु इज ह्वु’ सत्रमार्फत विद्यालयका शिक्षक तथा प्रशासनिक टोलीको परिचय गराइएको थियो। नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट सृष्टि पुरीले धन्यवाद ज्ञापन गर्दै रिलायन्सले दिएको आत्मीय स्वागत र प्रेरणादायी वातावरणप्रति आभार व्यक्त गरिन्।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रविन्द्रजंग थापाले रिलायन्स केवल शैक्षिक संस्था नभई विद्यार्थीभित्र लुकेको सम्भावनालाई पहिचान गरी त्यसलाई उपलब्धिमा रूपान्तरण गर्ने मार्गदर्शक शिक्षालय भएको बताए। “हरेक विद्यार्थीभित्र असाधारण क्षमता लुकेको हुन्छ। रिलायन्सले त्यो क्षमतालाई उजागर गर्ने वातावरण, अवसर र मार्गदर्शन प्रदान गर्छ। मेहनत, अनुशासन र सही दृष्टिकोणलाई आत्मसात् गर्न सके यहाँबाट निस्कने प्रत्येक विद्यार्थी आफ्नो क्षेत्रको नेतृत्व गर्न सक्षम बन्नेछ,” उनले भने।
उनले विद्यार्थीलाई सकारात्मक सोच, उच्च लक्ष्य र निरन्तर सिकाइको संस्कार विकास गर्न आग्रह गर्दै रिलायन्सले शैक्षिक उपलब्धिसँगै असल चरित्र, सामाजिक उत्तरदायित्व र विश्वस्तरीय नेतृत्व क्षमताको विकासमा विशेष जोड दिँदै आएको उल्लेख गरे। साथै, रिलायन्सका विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष नागरिकका रूपमा तयार हुनुपर्ने र ज्ञान, सीप तथा अनुभव हासिल गरी अन्ततः राष्ट्र निर्माणमा योगदान दिनुपर्ने धारणा पनि व्यक्त गरे।
दुई दशकभन्दा लामो शैक्षिक यात्रामा उत्कृष्ट नतिजा, आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक, प्रविधिमैत्री सिकाइ वातावरण, विविध विद्यार्थी क्लब, ईसीए/सीसीए गतिविधि र मूल्यमा आधारित शिक्षाका कारण रिलायन्स इन्टरनेशनल एकेडेमी मुलुककै अग्रणी प्लस टु शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ।
नयाँ शैक्षिक यात्राको सुरुवातसँगै सम्पन्न २४औँ ओरियन्टेसन कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालयको संस्कृति, अवसर, शैक्षिक वातावरण र भविष्यको मार्गचित्रबारे स्पष्ट जानकारी दिनुका साथै उनीहरूमा उत्साह, आत्मविश्वास र नयाँ सम्भावनाप्रतिको विश्वास थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस