जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- गाउँ सहर संवाददाता
- १५ कार्तिक आइतबार, २०८३ | २०:५१:०० मा प्रकाशित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रनमात्रै बनाउन सक्यो ।
कप्तान कुशल भुर्तेलले ३५ रन बनाउँदा विपिन आचार्यले २० तथा विपिन खत्रीले १७ रन बनाए । यस्तै किरण ठगुन्नाले १५ रन जोडे ।
बलिङतर्फ जनकपुरका मोइन अलीले तीन तथा सैफ हसन र हरमीत सिंहले दुई-दुई विकेट लिँदा ललित राजवंशीले र जिमी निशमले एक-एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो । तृत राज दासले अर्धशतकीय इनिङ्स खेले । उनले ६१ रनको योगदान दिए ।
यस्तै, अभिषेक तिवारीले अविजित २४ मोइन अलीले २१ रन, जिमी निशमले ११ जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ पोखराका शकिब अल हसनले तीन तथा चमिका करुणारत्नेले दुई विकेट लिँदा मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक एक सफलता हात पारे ।
यसअघिको खेलमा पोखरा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो भने जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित हुँदा दोस्रो खेलमा भने काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
प्रतिकृया दिनुहोस