नेप्से परिसूचक ४१ अंकले बढ्दा कारोबार रकम पनि उकालाे
- गाउँ सहर संवाददाता
- ११ चैत बुधबार, २०७७ | १५:२७:०० मा प्रकाशित
काठमाडौं । साताकाे चाैथाे दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४१.३६ अंकले बढेकाे छ ।
बढेर २५७०.३१ अंकमा बन्द भएको नेप्सेमा हाइड्रोपावरबाहेक सबै उपसूचकमा पनि हरियाली छाएको छ । होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ५.४४ प्रतिशत र लगानी उपसूचक ५.५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, लघुवित्त उपसूचक २.६९ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२८ प्रतिशतले वृद्धि भएको छ ।
यसदिन १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा कारोबार भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, एचआइडीसीएल, चन्द्रागिरि हिल्स, आरएसडीसी लघुवित्त र माउन्टेन हाइड्रो छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा राइराङ हाइड्रोपावर, माथिल्लो तामाकोसी, सानजेन जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभपलमेण्ट कम्पनी छन् ।
बजार परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७२ हजार ९५७ पटकमा २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ४४ लाख २४ हजारको कारोबार भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक ६५ करोड १५ लाख २ हजारको कारोबार भएको छ । यस्तै, अपर तामोकोसीको ४१ करोड ५७ लाख ६० हजारको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस