राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- गाउँ सहर संवाददाता
- ३ कार्तिक मंगलबार, २०८३ | ११:३७:०० मा प्रकाशित
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी, २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।
विजया दशमीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालीहरूको महान् चाड दशैँले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले दुर्गा भवानीको पूजाअर्चना गरी गुरुपुरोहित तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले यस पर्वको सांस्कृतिक महत्त्व बढाएको उल्लेख गरेका छन्।
विजया दशमीका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान प्रकट गर्ने मौलिक परम्पराले नेपाली समाजमा आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको राष्ट्रपति पौडेलको भनाइ छ।
राष्ट्रपति पौडेलले विजया दशमी, २०८३ ले सम्पूर्ण नेपालीको सुख, शान्ति र कल्याणका साथै राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिमा योगदान पुर्याओस् भन्दै नवदुर्गा भवानीसँग प्रार्थनासमेत गरेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
प्रतिकृया दिनुहोस