गाउँ सहर

खास्टेताल महोत्सवको तयारी तीव्र

लेखनाथ । लेखनाथको खास्टेताल महोत्सवमा जाऔँ प्रकृति र संस्कृतिमा रमाऔं भन्ने मूल नाराका पोखरा २६ को लेखनाथमा आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सव –२०७७ को तयारी तीव्र रुपमा अगाडि बढेको छ ।

आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा यहि चैत्र १२ देखि २२ गतेसम्म हुन लागेको महोत्सवको तयारीमा स्थानीयहरु सक्रियताका साथ अगाडी बढेको महोत्सवका सह संयोजक शिवहरी ढुंगानाले जानकारी दिएका छन्  ।

खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न गठित सबै उप-समितिले आफनो जिम्माको काम सक्रियताका साथ गरेको र महोत्सव स्थलमा स्टल निर्माण देखि प्रचार प्रसार अन्य सामाजिक संघ सस्थाहरुसँग समन्वय गर्ने काम तिव्रताका साथ अगाडि बढेको हो ।

तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन समेत गरिदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचार प्रसारमा सहयोग पुग्ने गरि  राखिएको महोत्सव सफल पार्न संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकरीको संयोजकत्वमा एक हजार पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन गरी तयारीलाई अगाडि बढाईएको छ ।

ताल संरक्षण समितिसँग आवद्ध सात सय ३२ आजीवन सदस्य र विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधीहरु रहने गरी मूल समारोह समिति गठन गरिएको छ भने तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन समेत गर्दै आएको खास्टे तथा न्यूरेनीतालको प्रचार प्रसारमा सहयोग पुग्ने गरी महोत्वस गर्न लागेको महोत्सवका मूल संयोजक हरिप्रसाद अधिकारीको भनाई रहेको छ । 

तपाईँको मत