वेगनासमा पुरस्कारसहित मह खाने प्रतियोगिता
- विष्णुहरि पाैडेल
- ६ माघ शनिबार, २०८० | २२:०९:०० मा प्रकाशित
पाेखरा । वेगनास मौरीघार उद्योग पोखरा महानगरपालिका वडा नंं-३१ वेगनासले आफ्नाे २०औं वार्षिकोत्सवका अवसरमा मह खाने प्रतियोगिता शनिवार सम्पन्न गरेको छ ।
१० जना सहभागी रहेको मह खाने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं-२३ वस्ने जिवनाथ लामिछाने प्रथम भएका छन् भने द्वतीय पोखरा-३० खुदी निवासी वसन्त पौडेल र तृतीय स्थान पाेखरा-२७ का विक्रम अधिकारीले हासिल गरे । पोखरा-३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कार प्राप्त गरिन् ।
१० जना प्रतियोगी रहेको प्रतिस्पर्धामा प्रथम हुने प्रतियोगी जिवनाथले १ मिनेट ४८ सेकेन्डमा ३०० ग्राम मह खाएका थिए भने क्रमशः २ मिनेट ८ सेकेन्ड र २ मिनेट ११ सेकेन्डमा द्वितीय र तृतीय हुने प्रतियोगीले मह खाएका थिए भने प्रतियोगितमा ३ मिनेटको दिइएको थियो ।
प्रतियाेगितामा मह नै पुरस्कार प्रदान गरिएको थियो ।महानगरकाे वडा नंं-३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कडेल र मौरीपालक कृषक सूर्यप्रसाद लामिछाने पुरस्कार वितरण गरेका थिए ।
पोखरा महानगरपालिका वडा नंं-३१, वेगनास ताल निवासी सूर्यप्रसाद लामिछानेे दुइ दशक अधिदेखि मौरी पालन व्यवसाय गरिरहेका छन् । उनी आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भइ चर्चामा समेत रहेका कृषक हुन् । लामिछाने विदेशीको गुलाम होइन, स्वदेशको माटोमा रमाउने सन्देशका दिन चाहन्छन् ।
उनले ३०० भन्दा बढी मौरीघार पालन करोडौँ कमाइ गरी सकेका छन् । उनले स्वदेशमा र विदेशमा समेत ख्याति प्राप्त गरिसकेका छन् ।
नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले यो प्रतियोगिता गण्डकीमा नै पहिलो पटक गरेको उनले बताए । यसको मुख्य म उद्देश्य साथी भाइबन्धुसँगै छु है भन्नका लागि र मह चखाउने अवसर पनि भएको उनले बताए ।
आत्माले चाहेको चिज खान पाए उर्जा मिल्ने र आत्मा सन्तुष्टि मिल्ने र आर्थिक उपार्जन समेत मिल्ने उनकाे धारणा रहेको छ।जसले सानो कर्म गरी सानो किरा पाल्छ उसैले हिरा प्राप्त गर्दछ, भन्दै उनले आफ्ना अनुभव सुनाएका थिए।
कार्यक्रममा उपस्थित वडाध्यक्षहरुले उनको बीस वर्ष देखिकाे अथक मेहनतकाे खुलेर प्रशंसा गरेका थिए ।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
- लेखनाथमा खेल महोत्सव शुरु : उद्घाटन खेलमा आयोजक सुर्यताराको विजयी शुरुवात
- पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस
- पोखराकाे छिनेडाँडामा स्थानीय महोत्सव सम्पन्न
- पोखरामा चैते धानको पकेट क्षेत्र घोषणा गर्न छलफल
- पोखरामा विश्व सिमसार दिवस मनाइयो
- शान्ति उदय माविको ६४औं बार्षिकोत्सव
- पोखरा महोत्सव सुरू, सभामुख घिमिरेले गरे उद्घाटन
- लेखनाथ साहित्य पुरस्कार किञ्जल र पत्रकारिता पुरस्कार दीपकलाई प्रदान
प्रतिकृया दिनुहोस