गाउँ सहर

पोखराकाे छिनेडाँडामा स्थानीय महोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका-१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । 

पोखरा महानगरपालिका-१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो  । 

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । 

‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण  र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने । 

उनले पोखरा महानगरपालिकाको ३३ वटा वडा मध्ये पोखरा-१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यवसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे । 

कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवम् सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । 

पोखरा महानगरपालिका-१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।  

दुईदिनसम्म सञ्चालन भएको महोत्सवमा पोखरा—१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरिएको थियो ।  

महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामान, विद्यालयका शैक्षिक सामग्रीसँगै निशुल्क स्वास्थ्य जाँचहरुसमेत गरिएको थियो । 

उत्कृष्ट टोल सुधार समिति सम्मानित

महोत्सवको अवसरमा वडाले विभिन्न टोल सुधार समितिलाई समेत सम्मान गरेको छ । वडाले महोत्सवको अवसरमा मसिना टोल सुधार समितिका अध्यक्ष देवेन्द्र मगर,चेतनामार्ग टोल सुधार समितिका अध्यक्ष डम्बर बहादुर मगर, दाहसंस्कार टोल सुधार समितिका अध्यक्ष ललित बहादुर बानियाँ, स्वागत नगर टोल सुधार समितिका अध्यक्ष देव बहादुर केसी, मोहन मार्ग टोल सुधार समिति, युनिटी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी लामिछाने अधिकारी, भूपु सैनिक टोलसुधार समितिका अध्यक्ष बलबहादुर गुरुङलाई सम्मान गरेको हो । 

यस्तै समाज सुधार तथा उत्पादनतर्फ लक्ष्मी कार्की र जेष्ठ नागरिकतर्फ नविन दास पौडेललाई सम्मान गरेको छ । यस्तै कृषितर्फ अमृता सापकोटा र पशुपालनतर्फ मोहनबहादुर कार्कीलाई सम्मान गरेको छ । 

महोत्सवको अवसरमा निकालिएको झाँकी तथा ¥यालीतर्फ मिरमिरे टोल विकास समिति, मसिना टोल सुधार समिति, नेपाल मगर कमदमार्ग चाउथे इकाई समिति, पद्याकुमारी इश्वरी विश्वविद्यालय, युकेश्वर टोल सुधार समिति, पोंचोकों तमु समाज घर, सस्कृति आमा समूहलाई समेत सम्मान गरेको छ । महोत्सवकाे रस्साकसी प्रतियोगितामा महिलातर्फ मिर्मिरे आमा समूह र पुरुषतर्फ खाल्टे टोल सुधार समिति विजयी भएको छ । 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहेका थियो । 

विष्णुहरि पाैडेल

तपाईँको मत