अर्थतन्त्र

नेप्से झिनाे अंकले बढेर बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ०.०७ अंकले बढेर एक हजार ९ सय ८० दशमलव ३४ विन्दुमा बन्द भएको हो ।    

नेप्सेमा आज २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९९ वटाको बढेको छ भने १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३१.५० रुपैयाँ पुगेको छ भने जानकी फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१७ रुपैयाँ पुगेको छ । त्यस्तै, आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।   

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १७ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।       

गाउँ सहर संवाददाता

तपाईँको मत