गाउँ सहर

पोखरा महोत्सव सुरू, सभामुख घिमिरेले गरे उद्घाटन

पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव आजदेखि सुरू भएको छ । यूनाइटेड क्लबको आयोजनामा अमरसिंह खेल मैदानमा सुरू भएको महोत्सवको प्रतिनिधि सभाका सभासद देवराज घिमिरेले उद्घाटन गरे ।

महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताएका छन् । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दापनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको बताउँदै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानीय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्ने बताए । के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो ।

त्यसैगरी सभामुख घिमिरे युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाडी बढिरहँदा सो काम पनि छिटो सम्पन्न गरि पोखरामा खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।

सेती नदीलाई पर्यटन संग जोड्न स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा सभामुख घिमिरेको जोड रहेको थियो । हराउँदै गएको रितिरिवाज र परम्पराहरुलाई महोत्सवले जगेर्ना गर्ने भन्दै पोखरा महोत्सवको सफलताको  पनि कामना गरे ।

गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले युनाइटेड क्लवले राज्यको पहुँच नपुगेको क्षेत्रमा सामजिक काम गरि जनतालाई सहयोग गरेको बताउँदै महोत्सवकै माध्यामबाट यूनाइटेड क्लबले सामाजिक काम गरेर सराहनिय काम गरेको बताइन् ।

प्रतिनिधि सभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गर्ने बताउँदै यूनाइटेड क्लवले महोत्सव मार्फत सामाजिक काममा अग्रसर रहेकोमा अन्य संघ संस्थाहरुले पनि यूनाइटेड क्लबको अनुसरण गर्नुपर्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्र्चीले पोखरा महोत्सवले देको कला संस्कृति बचाउने  बताउँदै पोखरा महोत्सव सग सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत बताए ।

गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लवले गरेको बताउँदै पोखरा महोत्सवको आयोजना गरी सामाजिक उत्तरदायित्व संगै व्यापार व्यवसायलाई समेत प्रवर्द्धन गरेको बताए  । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सव मार्फत विभिन्न जनचेतनामुलक क्रियाकलापहरु समेत संप्रेषण गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत उत्कृष्ट काम गरेकाे बताए । त्यस्तै अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्राण्ड बनिसकेको बताउँदै पोखरा महोत्सव संग सहकार्य गरी सामाजिक सेवामा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

यसअघि पोखरा रंगशाला गेटबाट सुरू भएको झांकी रयालीमा रयाली तर्फ ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्वितीय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतीय र स्यानी मजुवा आमा समुह र बुद्धचोक महिला समुहले चतुर्थ स्थान हासिल गर्न सफल भए ।

त्यस्तै झांकी तर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार द्वितीय, तामाङ बौद्ध समाज तृतीय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचाया समितिले चतुर्थ स्थान हासिल गरे । झांकी तथा रयाली ३ सय बढी संघ संस्थाको सहभागीता रहेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

विष्णुहरि पाैडेल

तपाईँको मत