पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस
- विष्णुहरि पाैडेल
- २ चैत शुक्रबार, २०८० | ०७:५४:०० मा प्रकाशित
पाेखरा । पोखरा महानगरपालिका वडा न १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ।
बृद्धाश्रमले बिहीवार जेष्ठ नागरिक मिलन कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।
सो अवसरमा पौडेलले जेष्ठ नागरिक ज्युदा इतिहास र भबिष्यका मार्गदर्शक भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूको सम्बर्द्धन र राज्यले प्रदान गरेका सेवा, सुबिधा र सम्मान निर्बाधरूपले उपयोग गर्ने बाताबरण निर्माणका लागि सबै पक्ष कटिबद्धताका साथ लागि पर्नु पर्ने उल्लेख गरे।
जेष्ठ नागरिकका सबालमा बनेका ऎन ,कानुन र ब्यबस्थाहरू कडाइका साथ लागू गर्ने अभियान स्वरूप नेपालमा नै पहिलो पटक जिल्ला समन्वय समिति कास्कीले समन्वयात्मक बैठक मार्फत पहल शुरुवात गरेको जानकारी दिदै निरन्तर यी कार्य जारी राख्ने उल्लेख गरे।
पोखरा महानगर पालिका वडा न १७ का वडा अध्यक्ष राधिका शाहीले सामाजिक र जेष्ठ नागरिकहरूको क्षेत्रमा पोखरा बृद्धाश्रमले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उदाहरणीय सामाजिक कार्यमा वडाको सधैं साथ रहने बताइन्।
पोखरा महानगर पालिका वडा न १५ का वडा सदस्य बलराम पौडेल, जेष्ठ नागरिक मन्च गण्डकीका अध्यक्ष रोमा शाक्य, निबृत्त शिक्षक संघ केन्द्रिय उपाध्यक्ष तोयनाथ लामिछाने, लेखक रबिन्द्र माकाजु, ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष भेषराज लम्साल सहितले मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा पोखरा बृद्धाश्रमको विकास र सम्बर्द्धनका योगदान दिने महानुभाव, कर्मचारी तथा आजिबन सदस्यहरूलाइ सम्मान समेत गरिएको थियो।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सह-सचिव सीता काफ्लेले र संचालन सचिव धर्म गुरुङले गरेका थिए।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
- लेखनाथमा खेल महोत्सव शुरु : उद्घाटन खेलमा आयोजक सुर्यताराको विजयी शुरुवात
- पोखराकाे छिनेडाँडामा स्थानीय महोत्सव सम्पन्न
- पोखरामा चैते धानको पकेट क्षेत्र घोषणा गर्न छलफल
प्रतिकृया दिनुहोस