पार्टी निर्माणकाे अग्नी परीक्षामा छाैं : नेता नेपाल
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०७७ | १४:१९:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विधि, नीित बिचार, सिद्धान्त र पार्टी निर्माणकाे अग्नी परीक्षामा रहेकाे बताएका छन् ।
बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट पार्टी निर्माण गर्ने लडाइँ भएकाले अग्नी परीक्षामा आफू तयार रहेकाे बताएका हुन् ।
अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाए ।
‘पार्टीभित्र अहिले जे–जस्तो अवस्था सिर्जना भएको छ । यसको जिम्मेवार ओली नै हुनुहन्छ,’ उनले भने । नेपालले अध्यक्ष ओली व्यक्तिवादी र गुटबन्दीमै रमाइरहेको आरोप पनि लगाए ।
‘उहाँभित्र ठूलो अहंकार छ । व्यक्तिवादी र गुटबन्दीमै रमाइरहनु भएको छ,’ उनले भने, ‘उहाँले अरुलाई अपमान मात्रै गर्नुहुन्छ । आफ्नो आलोचना भएको उहाँलाई मन पर्दैन ।’
नेपालले माओवादी केन्द्रसँग पार्टी एकता हुँदा जनताको बहुदलीय जनवाद अध्यक्ष ओलीले नै छोडेको बताए ।
भेलामा नेपालले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए । ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भने ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्नुभयो ।’
ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने ।
नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन्।
‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ ।’
उनले अहिले पनि साइबर स्यालहरू ज्युँदै रहेको बताए। ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन् । यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।’
ओलीले टिकट वितरण,नियुक्ती र कार्यविभाजन,कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह राखेको उनले बताए । 'गुटको सुरुवात उहाँले गरेको हो, मदन भण्डारी फाउण्डेशनको नाममा,' नेता नेपालले भने,' बैठक बोलाउनका लागि पनि अनुनय विनय गर्नुपर्ने अवस्था थियो । कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ र कस्तो निर्माण गर्नुपर्ने भन्ने विषय हाम्रो हो । ३ वर्षसम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन सकेनन् । यो सबै ओलीको पूर्वाग्रह राखिएको थियो ।'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस