उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शनिबार, २०७९ | १३:०३:०० मा प्रकाशित
काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताइन् । लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उनले भनिन् ।
उपराष्ट्रपति पदका लागि चैत ३ गते निर्वाचन हुँदै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस