लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै, प्रतिस्पर्धामा तीन उम्मेदवार
- गाउँ सहर संवाददाता
- २५ माघ बुधबार, २०७९ | ०६:५५:०० मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिस्पर्धामा सहभागी छन् ।
सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।
गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।
प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा कुल १०९ पालिका रहेका छन् । तीमध्ये काँग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, काँग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १–१ सिट जितेका छन् । स्वतन्त्रबाट भने २ जनाले जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जिते पनि निर्वाचित भइसकेपछि एक जना स्वतन्त्र निर्वाचित व्यक्ति नेकपा (माओवादी केन्द्र)मै फर्किएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस