नेकपा एमाले सबैभन्दा धनी पार्टी, २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण बिहीबार, २०८१ | १४:१७:०० मा प्रकाशित
काठमाडौँ । नेकपा एमालेले आर्थिक वर्ष (२०८०/८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै पार्टीले साेही समयमा ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको निर्वाचन आयोगलाई बुझाएको विवरणमा छ ।
आम्दानी र खर्चको हिसाबमा हाल सो पार्टीसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष एमालेको आम्दानी बढेको देखिएको छ । अघिल्लो वर्ष ८९ लाख ७२ हजार २६५ रुपैयाँ आम्दानी गरेकोमा यसपटक बढाएको हो ।
निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणमध्ये अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी पार्टी देखिएको छ ।
एमालेले आफ्नो आम्दानीको स्रोत पार्टी सदस्यता शुल्कमार्फत २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन गरेको देखाएको छ ।
आम्दानी र खर्चको विवरण

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस