बागमती प्रदेश सरकारमा नेकपा एमालेकाे पुनरागमन, अर्थमै फर्किए थपलिया
- गाउँ सहर संवाददाता
- १७ चैत शनिबार, २०८० | २०:२८:०० मा प्रकाशित

काठमाडाैं । बागमती प्रदेश सरकारमा नेकपा एमालेले इन्ट्री गरेको छ। एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन्।
थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको समथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।
प्रदेश सरकारको दोस्रो कार्यकालमा थपलिया दोस्रो पटक अर्थ मन्त्री बनेका छन्।
यसअघि २६ पुस २०७९ मा अर्थ मन्त्रीमै नियुक्त भएका थपलियाले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै १० चैत्र २०७९ मा पदबाट राजीनामा दिएका थिए।
अघिल्लो बर्ष चैतको दोस्रो हप्ता बागमती प्रदेश सरकारबाट बाहिरिएको एमालेले पछिल्लो बर्ष चैतको तेस्रो हप्ता सरकारमा प्रवेश पाएको हो।
यो एक बर्ष नेकपा एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको थियो।
थपलिया मुख्यमन्त्रीकै दौडमा थिए। तर केन्द्रले हाल बागमतीको नेतृत्व माओवादीले नै लिने भन्ने निर्देशन दिएपछि व्याक हुनपरेको हो।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै एमालेका बाँकी मन्त्री नियुक्त हुने एमाले बागमतीका सचेतक मधूसुदन पौडेलले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस