मंगलबारकाे शेयरबजारमा लगानीकर्तामा देखिएन उत्साह
- गाउँ सहर संवाददाता
- ३ चैत मंगलबार, २०७७ | १५:४०:०० मा प्रकाशित

काठमाडौं । साताकाे तेस्राे दिन पनि शेयरबजारमा खासै उत्साजनक देखिएन । लागातार आरालो लागेको सेयर बजारमा मंगलबार झिनो सुुधार देखिए पनि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिए ।
यसदिन नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ अंकमा बन्द भएको छ ।
यसदिन ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँमा कारोबार भएको छ । आज १०९ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साथै २१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । ९० लाख १२ हजार ८५२ कित्ता सेयर काराेबार भए ।
उपसमूहतर्फ होटल तथा पर्यटन क्षेत्रमा ३.३६ प्रतिशतको वृद्धि देखिएको छ भने बैंकिङ, जीवन बीमा कम्पनीको उपसमूह पनि बढेको छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्स, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ग्रीनलाइफ हाइड्रो र खानीखोला हाइड्रो कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी सेयर मूल्यमा गिरावट आउने कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनी छन् ।
त्यसैगरी कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स, माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस