७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार, नेप्से भने घट्याे
- गाउँ सहर संवाददाता
- ९ बैशाख बुधबार, २०८३ | १५:३२:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से सूचक २.९५ अङ्कले घटेर २८०४.१७ को विन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ । दिनभरिमा ३४२ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा केही कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढेको छ भने सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको मूल्यमा समान १४.९९ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाएका छन् । आज होटल फरेस्ट इनको मूल्यमा सबैभन्दा धेरै १०.७५ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो । यस कम्पनीको ४१ करोड ३४ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स ३२ करोड ७८ लाख र सोलु हाइड्रोपावर ३१ करोड ६९ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
आज कुल ३४२ कम्पनीको कारोबार भएकोमा १२१ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस