आधा एमालेले चिया पिए, नगएकाले धम्की !
- शिवराज खड्का
- ३ चैत मंगलबार, २०७७ | १५:२९:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुका लागि आज (मंगलबार) चियापानकाे आयाेजना गरेका थिए ।
चियापानमा नेपाल-खनाल समूह भने अनुपस्थित रहे । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको चियापानमा सांसद र केन्द्रीय सदस्यलगायतका नेतालाई बोलाइएको थियो । तर फागुन २८ गते ओली पक्षले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल र गौतम समूह चियापान कार्यक्रममा नगएका हुन् ।
चियापानमा ओलीले सभामुख अग्निप्रसाद सापकोटादेखि माधव नेपाल समूहलाई विभिन्न आराेप लगाए । सभामुख सापकोटाला सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाए भने माधव नेपाल समूहको गुटगत भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन् ।
सभामुख सापकोटाप्रति असन्तुष्टि व्यक्त गर्दै संसद्को पहिलो बैठकमा सभामुखले संवैधानिक पूरा गर्न नदिएको आरोप लगाए । ओलीले संविधानअनुसार पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने भए पनि अध्यादेश प्रस्तुत गर्न नदिएर संविधानको कार्यान्वयन गर्न नपाएको बताए । उनले भने-"संविधान कार्यान्वयनप्रति सभामुखज्यूको जुन प्रतिबद्धता रहनुपर्थ्यो । संविधानको कार्यान्वयनप्रति उहाँको जुन कर्तव्य थियो । त्यसभन्दा पर भिन्न प्रकारका सहमति त्यसभन्दा पर आजकल एउटा शब्द छ नि सेटिङ भन्ने । सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिनु,।"
चियापान समारोहमा ओलीले गुटका भेलामा देखिने नेता कार्यकर्ताहरुलाई कारबाहीको चेतावनी दिए । ओलीले भने, ‘एकथरी अनुहारका साथीहरु चियापानमा देखिनु भएन । हिजो बेलुका बैठक बसेर निर्णय गर्नुभयो रे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा जानुहुन्छ । थाहा त सबैलाई छ । यो राम्रो लक्षण हैन ।’
‘नेकपा एमालेमा आवद्ध कोही पनि नेता कार्यकतालाई भोलि (बुधबार) बोलाइएको भनिएको भेलामा नजान म सबै नेता कार्यकर्ताहरुलाई सजग र सचेत गराउन चाहन्छु’, ओलीले भने ।
‘अनुशासनहीन भयो भने पार्टीको विधान छ। कानून र संसद नियमावली छ। दल सम्बन्धी कानून छ। म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’
चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताएका छन् । ''कामै गर्न नदिएपछि सरकारले संसद् विघटन गरेको थियो । पछि सर्वोच्चले त्यो बदर गरिदियो । त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो। संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो । तर सुरूको दिन नै अवरोध गरियो । सभामुखले नै अवरोध गरे । एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो। त्यो पनि पेश हुन दिइएन्'', प्रधानमन्त्री ओलीले भने ।
चियापानमा विभिन्न परिकारको व्यवस्था गरिएको थियो। जसमा चियाकफी, कोल्ड ड्रिंक, कालाजामुन, फ्रुट्स, फिस फ्राई, भेज स्यान्डविच, बोइल्ड भेज, कटलेट, लगायतका परिकार थिए ।
चार महिनादेखिकाे संवादहिनतता अन्त्य गर्दै साेमबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षबीचको छलफल धुम्बाराही पार्टी कार्यालयमा छलफल पनि भयाे तर बिना निष्कर्ष लाखापाखा लागे । वार्तामा २८ फागुनको निर्णय खारेज गर्न आफूहरूले गरेको आग्रह ओलीले अस्वीकार गरेको नेपाल समूहले बताएका थिए ।
नेताहरुले उक्त भेट सकारात्मक भएको बताए पनि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा नेताहरुबीचको तिक्तता भने कम भएको छैन । सोमबारको भेटमा अध्यक्ष ओलीले नेपाललाई चैत ४ र ५ गते डाकिएको राष्ट्रिय भेला रोक्न आग्रह गरेका थिए । तर नेपालले भने फागुन २८ गते गरेको एकपक्षीय निर्णय सच्याए मात्रै उक्त भेला रोक्न सकिने ओलीलाई जवाफ दिएका थिए ।
यता ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- राष्ट्रिय एकता र मेलमिलाप दिवस : किन अझै छ यसको सान्दर्भिकता ?
- कुशेश्वर महादेव मन्दिर दुम्जामा बत्ति बाल्ने र शतबीज छर्नेको घुइँचो
- राष्ट्रपतिले पढ्ने, सांसदले सुन्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा सधैँ प्रश्न
- पार्टीका कार्यकर्ता यति छन् र यति भोट पक्का भनेर अबकाे राजनीति चल्दैन
- कांग्रेसकाे खुइलिएकाे 'ब्राण्ड' गगन-विश्वले उकास्लान् ?
- नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिऊँ कि छाडी जानेलाई श्रद्धाञ्जली !
- देशभित्र : धार, दाेधार, चमत्कार र बेकार
- खलनायक ओली !
- खलनायक ओली !
- ‘हामी त सबै यस्तै हाे ब्राे, हम कभी नहीं सुधरेंगे’
प्राप्त प्रतिक्रिया
Chiya pan ma Ufri Ufri. Rateuli nach hunxara vanya
Chiya hoina 3 karod janatako ragat khakoho gadha harule
के को चिया पान नि वरा,,,
प्रतिकृया दिनुहोस