दृष्‍टिकोण

कांग्रेसकाे खुइलिएकाे 'ब्राण्ड' गगन-विश्वले उकास्लान् ?

दुई वर्षअघि दशैँपछि कांग्रेसको चियापान कार्यक्रममा पुगेका त्यतिबेला सत्ताधारी दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले "यो देशको प्रमुख प्रतिपक्षी दल कहाँ गएछ भनी खोज्न आएको" भन्दै कटाक्ष गरेका थिए ।

चारवर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसप्रति व्यङ्ग्य गर्दै भनेका थिए- "कांग्रेस चुपचाप छ, आरामसँग बसिरहेको छ केही भएको छैन जस्तो । बाघले कुनै शिकार भेट्टायो भने टन्न खान्छ र खुट्टा पसारेर बस्छ । कांग्रेसले के शिकार गर्‍यो, के पायो कुन्नी खुट्टा पसारेर बसेको छ ।"

तत्कालीन समयमा नेकपाका नेता ओली र खनालले कांग्रेसमाथि कटाक्ष गरेकाे समयदेखि अहिलेसम्म कांग्रेसमा तात्विक भिन्नता देखिएकाे छैन । भिन्नता भएकाे छ त केवल प्राविधिक रूपमा कांग्रेस यतिबेला सरकारकाे प्रमुख जिम्मेवारीसहित सत्ता साझेदारीकाे कुर्सीमा छ । 

त्यतिबेला सत्ताबाहिर रहँदा कांग्रेसमाथि आराेप लागिरहेकाे थियाे- "प्रमुख प्रतिपक्षी दल सदन र सडकमा लुते भयाे । सरकारले गरेको नराम्रा कामको प्रश्न उठाउने जिम्मा प्रतिपक्षी दललाई हुन्छ । त्याे भूमिका दह्राेसँग निभाउनै सकेन । नराम्ररी हार खाँदा पनि चेतेको देखिदैन । सधैँ आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर गुट गुटमा खुम्चिरहेको छ ।रचनात्मक र प्रभावकारी भूमिका कतै देखिएन । भ्रष्टाचार र जनजीविकाकाे कुरा बलियाेसँग उठाउनै सकेन । वीपी, गणेशमान, किसुनजीले ब्राण्डिङ गरेकाे कांग्रेस पार्टी र तिनकाे नेतालाई सत्ताधारीले नै खाेज्दै हिड्नुपर्ने अबस्थाले कति कमजाेर भएकाे भन्ने प्रष्टै हुन्छ ।" 

पछिल्लाे समय २०६३ को जनआन्दोलन, राजसंस्थाको बहिर्गमन तथा माओवादी हिंसाको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान जारी गरेर पहिलो संविधानसभाको निर्वाचन गर्न नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो । त्यसको नेतृत्व पार्टी सभापति रहेका गिरिजाप्रसाद कोइरालाले गरेका थिए । २०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको थियो । त्यसबेला कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री थिए । यी कामहरूकाे अन्तर्राष्ट्रियस्तरमै प्रशंसायोग्य मानिएको छ । यस्तो विरासत बोकेको कांग्रेस पछिल्लो समय भने आफ्नो त्यही विरासत धान्न नसकेको भनेर आलोचित छ, पार्टीभित्रै र बाहिरबाट पनि ।

विधानबाट संगठनमा फेरिएकाे कांग्रेसकाे चाेलाे 

अहिले देशका प्रमुख दलहरूकाे महाधिवेशन भएका छन् । कांग्रेसले पनि भरखर १४औं महाधिवेशन सम्पन्न भएकाे छ । यसपालिको महाधिवेशनबाट चुनिएका नेतृत्वले कांग्रेसलाई पुनर्ताजगी गर्ने अपेक्षा आम कांग्रेसजनमा हुनु स्वभाविक नै हो । महाधिवेशनमार्फत् आफूलाई व्यवहारतः संघीय संरचनामा ढालेको कांग्रेसले धेरै पदहरुमा लोकतन्त्रको अभ्यास गरेको छ । विधानमा महत्वपूर्ण परिवर्तन गरेर कांग्रेस संरचनागत परिवर्तनको दिशामा हिँडिसकेको छ । 

तल्लो तहदेखि उपल्लो संगठनसम्म महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रलाई समेटिने गरी पदाधिकारीहरू निर्वाचित भइसकेका छन् । अब संगठनमा सबै तह लगभग समेटिएकाे छ । समावेशी छ । यसबेला पनि नबाैरिएकाे कांग्रेस कहिले बाैरिएला ?

संविधानले अंगीकार गरेको समावेशितालाई अंगालेर विधान परिवर्तन गरि संविधानको मर्म अनुरुप महिला, दलित, आदिवासी, जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएका क्षेत्र लगायतलाई पार्टी संरचनाभित्र समेटेकाे छ । कांग्रेसकाे अहिले टोल, वडा, गाउँ/नगर, प्रदेश निर्वाचन क्षेत्र, संघीय प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रसहित कांग्रेसको संगठनमा आठ तहका संरचना छ । तल्लो तहदेखि उपल्लो संगठनसम्म महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रलाई समेटिने गरी पदाधिकारीहरू निर्वाचित भइसकेका छन् । अब संगठनमा सबै तह लगभग समेटिएकाे छ । समावेशी छ । यसबेला पनि नबाैरिएकाे कांग्रेस कहिले बाैरिएला ?

कांग्रेसको १ सय ३४ सदस्यीय केन्द्रीय समितिमा झन्डै ७० प्रतिशत पूरुष र ३० प्रतिशत महिला चुनिएका छन् । समावेशिताको मर्म अंगाल्दै क्लस्टरअनुसार सहमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि सिट सुरक्षित गरेको कांग्रेसको नयाँ कार्यसमितिमा खस–आर्य ५७.४६ प्रतिशत, महिला ३०.५९, आदीवासी– जनजाति १७.९१, मधेशी ८.२०, दलीत ७.४६, थारू ५.२२, मुस्लिम २.९८ र अल्पसंख्यक ०.७४ प्रतिशत चुनिएका छन् ।

राेडमाेडल गगन र विश्वप्रति आशा र भराेसा

महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दाेहाेरिएपनि महामन्त्रीमा धेरैले रूचाएका उर्जाशील व्यक्तिहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उपसभापतिमा वीपीबाट प्रेरित तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने पार्टीभित्र निष्ठावान् नेताका रुपमा परिचित पूर्णबहादुर खड्का र भ्रष्टाचार बिरूद्ध तथा पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको अभियान्ता धनराज गुरूङ छन् ।

कांग्रेसमा परम्परालाई तोड्दै यसपटकदेखि युवा पुस्ता क्रियाशील सदस्यमा प्रवेश गरेका छन् । सूचीकृत ८ लाख क्रियाशील सदस्यमध्ये हस्तक्षेपकारी भूमिकामा यसपटक युवा पुस्ता देखिने भएका छन् । २५ देखि ४० वर्ष उमेर समूहका सदस्य सबैभन्दा बढी रहेका छन् । त्यसैकाे परिणाम केन्द्रिय महाधिवेशना नयाँ र युवा अनुहार देखिनुले स्वत:प्रमाणित गरेकाे छ । महामन्त्रीमा 'राेडमाेडल' का रूपमा गगन कुमार थापा र विश्वप्रकाश शर्माकाे जितलाई गुटभन्दा माथि रहेर महाधिवेशन प्रतिनिधिहरूले मत दिनुले प्रष्ट हुन्छ कि अब पार्टी चलाउने भावी सभापति मात्रै हाेइन, देशकै आगामी नेतृत्वको लागि जिम्मेवारी लिन तयार हाेउँ भन्ने सन्देश पनि हाे ।  

गगन-विश्वका लागि अब राजनीतिक अडान, कुशल संगठनकर्ता र ठोस निर्णय लिनसक्ने क्षमता परीक्षणकाे घडी शुरू भएकाे छ । कांग्रेसलाई वर्षोँदेखी माया गर्ने आम कार्यकर्तालाई कांग्रेसको भविष्य र पार्टीप्रति जति चिन्ता छ । त्यति चिन्ता नेतृत्वमा पनि देखिनुपर्छ । वर्षाैँदेखि कांग्रेसभित्र संस्थापन र इतरपक्ष भनि चल्दै आएकाे संघर्षले एउटै पार्टी भित्रको संगठन डामाडोल र भद्रगोल अवस्थामा पुगेकाे तिताे यथार्थ कसैबाट छिपेकाे छैन । यसबाट उन्मुक्ति गगन-विश्वकाे काँधमा छ भन्नेहरू धेरै छन् ।

कांग्रेस एउटा पार्टीमात्र नभएर अभियान पनि हाे । जसले सामाजिक, आर्थिक, राजनैतिक एजेण्डासहित नागरिकलाई प्रशिक्षित गरेकाे छ । कांग्रेस, कांग्रेस जस्तो भए पो जनताले रोज्ने हो, तर कम्युनिष्ट वा अरू जस्तो भए कांग्रेसलाई किन रोज्ने ? हुन त कांग्रेसलाई माटो भेट्टायो भने फैलिने दुबो जस्तो भनिन्छ ।

आज फेरि विसं २००३ सालमा राष्ट्रिय कांग्रेसका रुपमा गरिएको प्रथम अधिवेशनबाट शुरु भएको राजनीतिक यात्रा १४औँ महाधिवेशनसम्मकाे यात्राबाट कांग्रेसले जनताका के सवाल बुलन्द रूपमा उठायाे र निष्कर्षसम्म पुर्‍यायाे भन्ने प्रश्न उठ्नु स्वभाविकै हाे । एकातर्फ कोरोनाकाे कारण मुलुकको परिस्थिति दिनप्रति दिन प्रतिकूल बन्दै जनजीवन कष्टकर भईरहेकाे छ । एमालेले निरन्तर संसद् अवराेध गरिरहेकाे छ । यस्तो परिस्थितिमा कांग्रेसले जनसराेकारका विषयहरूकाे सम्बाेधन गर्न सकिरहेकाे छैन । त्यसतर्फ पनि नागरिकले चियाइरहेका छन् ।  

सधैँ वीपीको फोटोमा माला लगाउँदैमा उनको आदर्श अत्मसात् गरेको मान्न सकिँदैन । आफ्नो इतिहास सम्झिँदै वर्तमान र भविष्यको स्पष्ट कार्ययोजनासहित व्यक्तिभन्दा पार्टी बलियो बनाउनेतर्फ नेतृत्व वर्ग र कार्यकर्ता अग्रसर हुनुपर्ने आजको आवश्यकता देखिन्छ । कमीकमजोरीलाई आत्ससाथ र आत्मसमीक्षा गर्दै जनतामा नयाँ आशा र भरोसा दिलाउन कांग्रेसमा रुपान्तरण हुन जरुरी छ । कांग्रेस सत्ता वा प्रतिपक्ष जहाँ भएपनि । नेपाली जनताले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा फरक नदेखेको टीकाटिप्पणी पनि गरिरहेका छन् ।

कांग्रेसले जरामा हेर्न छाेडेकाे वर्षाैँ भइसकेकाे छ । जब जरामा मलजल र स्याहार सुसार हुन छाेड्छ अन रूखकाे टुप्पाेमा झाँगिएन भनेर दुखेसाे गर्नुकाे के अर्थ ? यतिबेला कांग्रेसले पार्टीकाे 'ब्राण्डिङ' गर्ने बेला भएकाे छ । वीपीले 'ब्राण्डिङ' शुरू गरेकाे नेपाली कांग्रेस यतिबेला स्कुले विद्यार्थी र कक्षा १२ पढ्ने उमेर समूहलाई त थाहै छैन । उनीहरूसम्म न कांग्रेस पुगेकाे छ न नेविसंघ नै पुगेकाे छ । भएकाे 'ब्राण्ड' पनि खुइलिँदै गएकाे छ । 

वीपी कोइरालाबाट संस्थागत हुन नपाएको नेपालको लोकतान्त्रिक शासन व्यवस्था अहिले सम्भव पार्ने अवसर छ । हिजो कांग्रेसको गरिमा बेग्लै थियो, पार्टी सदस्यता पाउँदा पनि मानिसहरु गौरवको अनुभूति गर्थे, उसले राणाशासन अन्त्यपछि दूरदराजसम्म आफूलाई कसरी जोडेको थियो । प्रजातन्त्र स्थापनापछि छोटो समयमा कांग्रेसभित्रको आन्तरिक संगठनमा निकै उतारचढाव आए । आन्तरिक विवादका कारण पार्टी विभाजनदेखि गुट, उपगुट सतहमा देखिए । ती सबै पखाल्ने बेला माैका यहि हाे । 

राजनीतिक दललाई जीवन्तता दिने भनेको वैचारिक तत्नुले हाे । कार्यकर्ताहरूको आकर्षण गर्ने पहिलाे टेकाे नै विचार हाे । अपेक्षा गरौँ कांग्रेसले यसलाई आत्मसाथ गर्नेछ । त्यसकाे नेतृत्व महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्नेछन् भन्ने विश्वास गराैँ । साँच्चिकै रूपान्तरण गर्लान् कि दुर्गन्धित पोखरीकाे दलदलमा भासिएलान् त्याे देख्न धेरै लामाे समय उनीहरूका लागि अवश्य छैन ।

"कांग्रेस एउटा पार्टीमात्र नभएर अभियान पनि हाे । जसले सामाजिक, आर्थिक, राजनैतिक एजेण्डासहित नागरिकलाई प्रशिक्षित गरेकाे छ । कांग्रेस, कांग्रेस जस्तो भए पो जनताले रोज्ने हो, तर कम्युनिष्ट वा अरू जस्तो भए कांग्रेसलाई किन रोज्ने ? हुन त कांग्रेसलाई माटो भेट्टायो भने फैलिने दुबो जस्तो भनिन्छ, तर दुबो नै सुक्यो भने फैलिँदैन । तर यसपटकाे महाधिवेशनबाट राम्रै पालुवा पालुवा पलाएकाे छ अब जरा गाड्ने हिम्मत राख्नुपर्छ ।" जनतासम्म पुगेर उनीहरूको बोलि बोल्न थाल्यो भने कांग्रेस बौरन बेर लाग्दै । यसकाे प्रमुख जिम्मेवारी दुई भाई गगन र विश्वकै पाेल्टामा आइपरेकाे छ । अब उक्त अवसर पाेल्टामा बेरेर हाेइन नागरिकलाई पटुकाले बेरेर एकत्रित गर्ने समय जुरेकाे छ । 

गगनले भनेजस्तै अबको राजनीतिक यात्रा अविकास, अस्थिरता, रोग र गरीबीको होइन, विकास, समृद्धि र स्थायित्व नेपालको परिचय बनोस् । सबैले देशमा अवसर र सम्मान पाउन् । आगामी ५ वर्ष संविधान कार्यन्वयन गर्दै समृद्धिको दीगो जग बसाल्न सकियो भने मात्र सन २०८० को दशक नेपालको उन्नतिको दशक हाेस् । अब गगन र विश्वले पहिले आफैँले भन्ने गरेकाे यसाे भएन, उसाे भएन भनेर गनगन् गर्ने गरेकाे प्रश्नकाे उत्तर दिनुपर्नेछ । विधि र पद्धतिको वकालत गर्दै आएको समूहबाट महामन्त्रीमा चयन भएका थापाले थिति बसाल्न सकेमात्रै पनि कांग्रेसकाे साख बढ्ने देखिन्छ । सभापतिकाे उम्मेद्वार भएर ४० प्रतशतभन्दा बढि मत ल्याएका नेता शेखर काइरालाले गुटबन्दीको राजनीतिमा नगर्ने बताइसकेका छन् । जुन सुखद पक्ष मान्न सकिन्छ ।  

भातृसंस्थाहरूकाे चलायमान

त्यसैगरि, भातृसंस्थाहरू चलायमान हुन सकेका छैनन् । वर्षौं अधिवेशन हुन नसकेर तदर्थ समितिमार्फत सञ्चालित छन् । वर्षौंदेखि लथालिंग अवस्थामा पुगेका भातृसंस्थामध्ये तरुण दल र नेविसंघका बहालवाला अध्यक्षहरू काँग्रेस केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन् । हाल यी महत्वपूर्ण संस्थाको नेतृत्व खाली भएको अवस्था छ । त्यसैले नेविसंघ, तरुणदल, महिलासंघ, दलित संघलगायत सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा नयाँ नेतृत्व चयन गरेर पार्टीलाई गतिशील बनाउन ढिलाइ गर्नुहुँदैन । अधिवेशन तत्काल गर्नुसके संगठन थप मजबुत हुँदै जानेछ । समयमै पार्टीका सबै तहका विभाग/समिति/विभिन्न निकायहरु गठन गरेर संगठनमा लगाउन सके अझै कांग्रेसले गति लिने निश्चित छ । पार्टीमा विभागहरु क्रियाशील नबन्दा पार्टीकै क्रियाकलाप सुस्त हुन पुग्यो नै । गएको संसदीय, प्रदेश र स्थानीय तहका चुनावमा कांग्रेसले हार बेहोर्नुको मूलभूत कारण नै कांग्रेस क्रियाशील हुन नपुग्नु हो । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाइ रुपान्तरण र परिवर्तनको यो अभियानमा पनि महामन्त्री द्वय गगन-विश्वकै महत्वपूर्ण भूमिका रहनेछ । अधिवेशनका क्रममा वडा, पालिका क्षेत्र हुँदै जिल्लासम्म आउँदा घाउहरु लागेको भन्दै मलम लगाउने काम तत्काल थाल्नुपर्दछ । 

अब आमनिर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डेसहित ७ जना युवा नेताले संयुक्त विज्ञप्ति जारी गरेर भनिएकाे ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं । राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं’ भन्ने कांग्रेस बदल्ने संकल्प अब पूरा गर्ने बेला आएकाे छ । विगतको कार्यसम्पादनको निष्पक्षरूपमा असफलताका लागि आत्मालोचनासहित, कार्यसम्पादनको समीक्षा, कमी-कमजोरीहरू केलाउने र अग्रगामी सोचसहित नयाँ विचार, र कार्यक्रम लिएर जनतासामु गएर मन जित्न सके फेरि कांग्रेसकाे दायरा फराकिलाे हुनेछ ।

विगतको कार्यसम्पादनको निष्पक्षरूपमा असफलताका लागि आत्मालोचनासहित, कार्यसम्पादनको समीक्षा, कमी-कमजोरीहरू केलाउने र अग्रगामी सोचसहित नयाँ विचार, र कार्यक्रम लिएर जनतासामु गएर मन जित्न सके फेरि कांग्रेसकाे दायरा फराकिलाे हुनेछ ।

अब आमनिर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डेसहित ७ जना युवा नेताले संयुक्त विज्ञप्ति जारी गरेर भनिएकाे ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं । राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं’ भन्ने कांग्रेस बदल्ने संकल्प अब पूरा गर्ने बेला आएकाे छ । विगतको कार्यसम्पादनको निष्पक्षरूपमा असफलताका लागि आत्मालोचनासहित, कार्यसम्पादनको समीक्षा, कमी-कमजोरीहरू केलाउने र अग्रगामी सोचसहित नयाँ विचार, र कार्यक्रम लिएर जनतासामु गएर मन जित्न सके फेरि कांग्रेसकाे दायरा फराकिलाे हुनेछ ।

स्थानीय तहदेखि प्रदेश र संघीय संसदको चुनावकेन्द्रित रणनीति

देउवाले जसरी कांग्रेसलाई आउँदा चुनावमा पहिलो नम्बरमा स्थापित गर्ने दृढता व्यक्त गरेका छन्, त्यस निम्ति विभाजित मानसिकतामा गुम्सेका कांग्रेसजनका मन जोड्नुपर्नेछ । नत्र चुनावका बेला कांग्रेस हराउन अरु शक्ति चाहिँदैन कांग्रेस नै पर्याप्त हुन सक्छन् । राजनीतिक जीवनको उत्तराद्र्धमा देउवाले यावत् समस्या चिर्दै, पार्टीभित्र न्यायको वातावरण सिर्जना गर्दै अघि बढेको खण्डमा सुदृढ कांग्रेस बन्‍न सक्छ । 

अब स्थानीय तहदेखि प्रदेश र संघीय संसदको चुनावकेन्द्रित रणनीति तत्काल तय गरिहाल्नुपर्ने बेला नजिकिएकाे छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पुनः निर्वाचित भएको सन्दर्भमा गठबन्धनका अन्य दलहरूसँगको सहकार्य र प्रतिस्पर्धाको राजनीतिबीचको स्पष्ट लक्ष्मणरेखा तय हुनुपर्दछ ।राजनीतिक दललाई जीवन्तता दिने भनेको वैचारिक तत्नुले हाे । कार्यकर्ताहरूको आकर्षण गर्ने पहिलाे टेकाे नै विचार हाे । अपेक्षा गरौँ कांग्रेसले यसलाई आत्मसाथ गर्नेछ । त्यसकाे नेतृत्व महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्नेछन् भन्ने विश्वास गराैँ । साँच्चिकै रूपान्तरण गर्लान् कि दुर्गन्धित पोखरीकाे दलदलमा भासिएलान् त्याे देख्न धेरै लामाे समय उनीहरूका लागि अवश्य छैन । द्वय  नेता व्यक्ति मात्रै हाेइनन् संस्था पनि भएकाले उनीहरूमार्फत नेपाली कांग्रेसकाले मात्र हाेइन देशभरकाले मुलुककाे उज्जवल भविष्य खाेजिरहेका छन् । त्यसैभित्र कांग्रेसले भने 'पार्टीकाे ब्राण्डिङ" काे अपेक्षा गर्नु स्वभाविकै हाे ।   

दुवै नेता नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा उदाएका हुन् । विश्वप्रकाश शर्मा सभापति हुँदा गगन थापा महामन्त्री थिए । अहिले दुवै नेपाली कांग्रेसको महामन्त्री बनेका छन् । १४औं महाधिवेशनमा मतदान भैरहँदा युवाहरूले प्यानल नहेरी गगन र विश्वप्रकाशलाई मत मागिरहेका थिए । यसले उनीहरूको लोकप्रियतालाई झल्काउँछ । राजनीतिमा प्रवेश गरेपछि उनीले आफूलाई परिस्कृत गर्न निरन्तर मेहनत गरिरहे । गगन र विश्वप्रकाश आपसमा अत्यन्त मिलनसार छन् । उनीहरू एकले अर्कालाई प्रशंशा गर्न र परिपूरकको काम गर्न चुक्दैनन् । गगन र विश्वप्रकाशको विजयले नेपाली कांग्रेसभित्र रूपान्तरणको एजेण्डाले प्राथमिकता पाउने कांग्रेसजनहरूकाे अपेक्षा छ ।

तपाईँको मत