अर्थतन्त्र

शेयर बजार नयाँ उचाइमा, २ दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजारले भारी अंकले बढेको छ । आज शेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो  । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर खरिद बिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७  हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटै  वटा उपसमूहको सेयर घटेको छ । त्यसैगरी, आज २ दर्जनभन्दा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ  । ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकमको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ७० करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गरेको नेप्सेले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत