शेयरबजार : नयाँ वर्षकाे शुरूवाती दिनमै घट्याे नेप्से
- गाउँ सहर संवाददाता
- २ बैशाख आइतबार, २०८१ | १५:१५:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन अर्थात नयाँ वर्षकाे शुरूवातीकाे दाेस्राे दिन आज आइतबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से २.३५ अंकले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२७ वटाको बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिर्जनशिल लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सानिमामाइ हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस