अर्थतन्त्र

शेयरबजार : नेप्सेमा दाेहाेराे अंककाे वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२.७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा बन्द भएको हो ।                                                                       

नेप्सेमा आज ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९० वटाको बढेको छ भने ४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।        

आज तारागाउँ रिजेन्सी होटल शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्सको प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत