अर्थतन्त्र

नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १४.८१  अंकले घटेर एक हजार ९ सय ९१ दशमलव ७१ विन्दुमा बन्द भएको हो । हिजो पनि नेप्से १६.८२ अंकले घटेको थियो ।                         

नेप्सेमा आज २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४२ वटाको बढेको छ भने २०० वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई स्क्रिप्टको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा एसबीएल डिभेञ्चर र गुराँस फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्यमा आज क्रमशः  सकारात्मक ९.९९ र ९.९६ प्रतिशतले बढेको छ ।  

आज रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गुराँस फाइनान्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो  ।  

गाउँ सहर संवाददाता

तपाईँको मत