वर्षकाे काराेबारकाे दाेस्राे दिनपनि नेप्सेमा गिरावट
- गाउँ सहर संवाददाता
- ३ बैशाख सोमबार, २०८१ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा याे वर्षकाे काराेबारमा पहिलो र दोस्रो दिन लगातार गिरावट आएकाे छ। आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १६.८२ अंकले घटेर दुई हजार ६ दशमलव ५२ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५२ वटाको बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा माछापुच्छ्रे बैंकको डिभेञ्चर र मेन्छियम हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक ७ प्रतिशतले बढेको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्पी पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस