बुधबार नेप्से सामान्य अंकले सुधार, ७ अर्बभन्दा बढीको कारोबार
- गाउँ सहर संवाददाता
- २८ माघ बुधबार, २०७७ | १५:२९:०० मा प्रकाशित
काठमाडौं । यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सामान्य अंकले सुधार देखिएको छ । मंलगबार नेप्से सूचकांक २७ अंकले गिरावट आएको बजारमा बुधबार भने ८.६६ अंकले सुधार देखिएको हो । बुधबार ७ अर्बभन्दा बढीको कारोबार भएको छ ।
यस दिन बजारमा १९१ कम्पनीको ६२ हजार १५ पटकको कारोबारमा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा गोर्खा फाइनान्स, गुहेश्वरी फाइनान्स, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स र कुमारी बैंक छन् । त्यसैगरी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा ग्लोवल आइएमइ बैंक, प्रभु बैंक, कुमारी बैंक, शिखर इन्स्योरेन्स र एनसीसी बैंक छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा साधना लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ, बोटलर्स नेपाल तराइ र उन्नती सहकार्य लघुवित्त कम्पनी छन् ।
आजको कारोबारमा ५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै ९५ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने मूल्य स्थिर छ ।
बुधबार बैंकिङ समूह २६.६१ अंक, विकास बैंक, होटल समूह, फाइनान्स समूह ३८.१२ अंक जीवन बीमा ६२.१५ अंकले वृद्धि भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस