नेप्से परिसूचक २८ सयभन्दा तल
- गाउँ सहर संवाददाता
- १० बैशाख बिहीबार, २०८३ | १५:३२:०० मा प्रकाशित
काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेर बन्द हुँदा २८ सय मुनि आइपुगेको छ। सेयर कारोबार साताको चौथो दिन बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ।
यसदिन ३४८ वटा स्क्रिप्सको १ करोड १८ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब ८१ करोड बढी रुपैयाँको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ४६ वटा स्टक्सको मूल्य बढ्दा २१६ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई वटा कम्पनीको सेयर करिब १५ प्रतिशतले बढयो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर १४.९९ प्रतिशतले बढेको हो।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ११.७९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रियालयन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
सोलु हाइड्रोपावरले २६ करोडको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युत कम्पनीले २६ करोड,हिमाल फोरेस्ट इनले २२ करोड र नेसनल हाइड्रो पावरले १८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
मनु एण्ड प्रो,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
प्रतिकृया दिनुहोस