नेप्से परिसूचक २८ सयभन्दा तल
- गाउँ सहर संवाददाता
- १० बैशाख बिहीबार, २०८३ | १५:३२:०० मा प्रकाशित
काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेर बन्द हुँदा २८ सय मुनि आइपुगेको छ। सेयर कारोबार साताको चौथो दिन बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ।
यसदिन ३४८ वटा स्क्रिप्सको १ करोड १८ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब ८१ करोड बढी रुपैयाँको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ४६ वटा स्टक्सको मूल्य बढ्दा २१६ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई वटा कम्पनीको सेयर करिब १५ प्रतिशतले बढयो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर १४.९९ प्रतिशतले बढेको हो।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ११.७९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रियालयन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
सोलु हाइड्रोपावरले २६ करोडको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युत कम्पनीले २६ करोड,हिमाल फोरेस्ट इनले २२ करोड र नेसनल हाइड्रो पावरले १८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
मनु एण्ड प्रो,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस