शिक्षा

पशुपति क्षेत्र विकास कोषद्वारा हिन्दु विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषद्वारा हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ ।

पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले शैक्षिक रूपमा विश्वविद्यालयको अवधारणा ल्याइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ । गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ ।

कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन रहेको छ । उक्त क्षेत्रमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले जानकारी दिएका छन् । 

‘पशुपति हिन्दु विश्वविद्यालयका लागि प्रारम्भिक अध्ययन भइरहेको छ,’ ढकालले भने।

अध्ययनपछि कहिलेसम्ममा निर्माण गर्नेलगायत डिपिआरमार्फत योजना बनाइने उनले बताए ।

उनले विश्वविद्यालयले पशुपतिनाथसँग जोडिएका सबै अंगको अध्ययन अध्यापन गर्ने  बताइएकाे छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत